अन्तर्राष्ट्रिय

भारत स्थित कुटनीतिक निकायको सुरक्षाका विषयमा बङ्गलादेश चिन्तित

८ पौस, काठमाडौं । बङ्गलादेशले भारतमा आफ्ना कूटनीतिक निकाहरूमा भएको आक्रमण प्रति गम्भीर चिन्ता व्यक्त गर्दै नयाँ दिल्ली र सिलिगुडीमा भएका घटनाहरूको विरोध गर्न भारतीय उच्चायुक्तलाई बोलाउदै बङ्गलादेशको विदेश मन्त्रालयले मङ्गलबार विज्ञप्ति जारी गरेको छ ।

कूटनीतिक प्रतिष्ठानहरू विरुद्ध पूर्वनियोजित हिंसा र धम्कीपुर्ण कार्यहरूको निन्दा गर्दै यसले कूटनीतिक कर्मचारीहरूको सुरक्षालाई मात्र खतरामा नपारी आपसी सम्मानको सिद्धान्त र शान्ति र सहिष्णुतालाई समेत कमजोर पार्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

बङ्गलादेशको विदेश मन्त्रालयले कूटनीतिक कर्मचारी र प्रतिष्ठानहरूलाई खतरा रहेको भन्दै भारतलाई उनीहरूको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेको छ ।

विज्ञप्तिमा “बङ्गलादेश सरकारले भारत सरकारलाई घटनाहरूको अनुसन्धान गरी पुनरावृत्ति रोक्न र भारतमा बङ्गलादेशको कूटनीतिक निकायको सुरक्षा सुनिश्चित गर्न आवश्यक उपायहरू अवलम्बन गर्न आह्वान गरेको छ ।

सुरक्षा चिन्तालाई उद्धृत गर्दै बङ्गलादेशले दिल्ली र सिलिगुडीमा भिसा सञ्चालन स्थगित गरेको विदेश मन्त्रालयका एक अधिकारीलाई उदृत गर्दै एएनआईले जनाएको छ ।