११ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा निर्वाचन २०७९ का लागि समानुपातिकतर्फ ३८७ उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरेको छ।
पार्टीमा कुल ४१४ जनाले आवेदन दिएका थिए, जसमध्ये २७ जनाको नाम सूचीमा समावेश गरिएको छैन। रास्वपाका अनुसार सूचीमा नपरेकाहरुलाई भर्चुअल माध्यमबाट उम्मेदवार छनोट प्रक्रियामा सहभागी गराइनेछ।



