११ पुस, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले निर्वाचनको विश्वसनीय वातावरण बनाउन आवश्यक पहल गर्नुपर्ने सुझाव दिएका छन्।
आज बिहान आफ्नो निवासमा भेट्न आएका सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता जगदिश खरेलसँग देउवाले सो सुझाव दिएका हुन्। देउवाका सचिवालय सदस्यका अनुसार उनले भने, “सरकारले निर्वाचनको विश्वसनीय वातावरण बनाइसकेको छैन, छिटो बनाओस्।”
संसद पुनर्स्थापनाको माग गर्दै केही सांसदहरूले सर्वोच्चमा रिट दायर गरे पनि कांग्रेसको आधिकारिक निर्णय निर्वाचन नै हुने रहेको छ।
त्यसैगरी, खरेलले आज देउवासँगको भेटपछि एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक प्रचण्डलाई पनि भेट्ने कार्यक्रम रहेको छ।





