समाचार

उज्यालो नेपाल पार्टी बैठक जारी, घिसिङले शाहसँगको भेटवार्ता ब्रिफिङ

१२ पुस, काठमाडौं । उज्यालो नेपाल पार्टीको केन्द्रीय समिति बैठक शनिबार दिउँसो त्रिपुरेश्वरस्थित पार्टी कार्यालयमा जारी छ। बैठकमा पार्टी संरक्षक र ऊर्जामन्त्री कुलमान घिसिङ सहभागी छन्।

घिसिङले बैठकमा काठमाडौं मेयर बालेन शाहसँग भएको भेटवार्ताको ब्रिफिङ दिइरहेका छन्। पछिल्ला दिनमा मेयर शाहले राजनीतिक भेटवार्ता तीव्र बनाएका छन्।