१२ पुस, काठमाडौं, । प्रधानमन्त्री सुशीला कार्कीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई निर्वाचनमा सहभागी हुन आग्रह गरेकी छन्।
शनिबार बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री कार्कीले “यो घर तपाईंहरूकै हो” भन्दै आफू न्याय क्षेत्रबाट आएको र राष्ट्रपतिबाट चुनाव गराउने जिम्मेवारी पाएपछि निर्वाचनको तयारीमा लागेको बताइन्। उनले निर्वाचन सफल पार्न सबै दलको सहभागिता अपरिहार्य रहेको भन्दै सहयोगको आग्रह गरिन्।
प्रधानमन्त्रीले निर्वाचनका लागि आवश्यक स्रोतसाधन उपलब्ध गराइएको र सुरक्षा संयन्त्रको मनोबल उच्च रहेको जानकारी पनि नेताहरूलाई गराएकी छन्।





