१५ पुस, काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची मंगलबार ढिलो गरी निर्वाचन आयोगमा बुझाएको छ ।
सभापति शेरबहादुर देउवाको डिजिटल हस्ताक्षरलाई तत्काल मान्यता नदिइएपछि सूची बुझाउन ढिलाइ भएको हो ।
कांग्रेसले साढे ११ बजेपछि ११० जनाको नाम आयोगमा पेस गरेको जनाएको छ ।





