१५ पुस, काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपालमा विदेशी दबाब र प्रभाव रहेको बताएका छन् । विदेशी दबाब रहेको कुरालाई अस्वीकार गर्न नसकिने बताएका हुन्।
थापागाउँमा मोरङ समाज काठमाडौंको साधारणसभा उद्घाटन समारोहमा सम्बोधन गर्दै उनले नेपाल दुई छिमेकी र विश्वका शक्तिशाली देशहरूको ध्यानाकर्षणमा रहेको उल्लेख गरे। डा. कोइरालाले भने, “नेपालमा विदेशी चलखेल छ। राजनीतिज्ञहरूले जनताको काम इमान्दारीपूर्वक नगर्दा विदेशी चासो बढ्छ।”
उनले अब बन्ने सरकारले गलत कदम चाल्नेहरूलाई दण्डित गर्ने र देशहितलाई प्राथमिकता दिनेमा विश्वास व्यक्त गरे।





