लुम्बिनी

रुपन्देहीमा ३३ जना नाउपा नेताले दिए सामूहिक राजीनामा

२० पुस, बुटवल । रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी (नाउपा) रुपन्देहीका जिल्ला अध्यक्ष तुल्सी थारुसहित ३३ जना नेताले पार्टी नेतृत्वको निर्णय र कार्यशैलीसँग असहमति जनाउँदै राजीनामा दिएका छन्। राजीनामा दिनेहरूमा वरिष्ठ उपाध्यक्ष राकेश कोइरी, केन्द्रीय सदस्य महेश गिरी, महिला जिल्ला अध्यक्ष राधा चौधरी लगायत छन्।

राजीनामा दिने नेताहरूले जनताको चाहना र कार्यकर्ताको भावना विपरीत पार्टी अघि बढेको महसुस गरेकाले यस्तो कदम उठाइएको बताए। उनीहरूले नाउपा छोडेर पूर्व पदाधिकारी र थरुहट थारुवान संयुक्त संघर्ष समितिसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा समाहित हुने जानकारी दिएका छन्।