समाचार

काठमाडौंमा बस दुर्घटना, ५ जनाको मृत्यु

२४ पुस, काठमाडौं । काठमाडौंको जहरसिंहपौवा–साँखु सडकखण्डमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ । दुर्घटनामा घाइते भएका ३३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

बा ४ ख ८७८८ नम्बरको बस बुधबार साँझ दुर्घटना हुँदा तीन महिला र दुई पुरुषको ज्यान गएको हो । घाइतेमध्ये गोकर्णेश्वर–५ जोरपाटीका अन्दाजी ५५/६० वर्षीय अर्जुन लामिछानेको उपचारका क्रममा गएराति साढे १२ बजे मृत्यु भएपछि मृतक संख्या पाँच पुगेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

नेचर हाउस एन्ड हर्ब इन्टरनेशनल कम्पनीका कर्मचारीहरू पिकनिकबाट फर्किने क्रममा बस दुर्घटनामा परेको बताइएको छ । अन्य घाइतेको उपचार जारी रहेको प्रहरीले जनाएको छ ।