आर्थिक

काठमाडौंमा न्यूनतम तापक्रम २.३ डिग्री सेल्सियस

३० पुस, काठमाडौं । पुस महिनाको अन्तिम दिन काठमाडौं उपत्यकामा जाडो बढेको छ। आज बिहान तापक्रम ३ डिग्री सेल्सियसमा झरेको थियो र बिहान पौने ९ बजे न्यूनतम तापक्रम २.३ डिग्री सेल्सियस मापन गरिएको छ।

मंगलबारको तुलनामा आजको तापक्रम केही घटेको छ। आज उपत्यकाको अधिकतम तापक्रम १७.२ डिग्री सेल्सियस रहेको छ।

देशभरको विवरणअनुसार, जुम्लामा सबैभन्दा कम माइनस ५.९ डिग्री तापक्रम मापन भएको छ भने तराईका जनकपुर र चन्द्रगढीमा उच्चतम ९ डिग्री सेल्सियस भएको छ। केही तराई भू-भागमा कुहिरो/हुस्सु देखिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बादल रहने छ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।