काठमाडौं । नेपाली कांग्रेसका कार्यबाहक सभापति पूर्णबहादुर खड्काले निर्वाचन आयोगले पार्टीलाई मान्यता नदिए देशभर आन्दोलन गर्ने चेतावनी दिएका छन्।
पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै खड्काले भने, “आशंकाहरू छन्, तर आयोगले हामीलाई मान्यता नदिए कांग्रेस गाउँगाउँ, वडावडाबाट चारतारे झण्डा बोकेर आन्दोलनमा उत्रनेछ।” उनले यसका लागि देशभरका कार्यकर्ता र भातृसंस्थालाई निर्देशन दिएका छन्।





