राजनीति

कांग्रेस आधिकारिकता विवादमा आयोगमा दबाब

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकताको विवाद चर्किदै गएपछि निर्वाचन आयोगमाथि दबाब बढेको छ। गगन–विश्व समूह र देउवा पक्षका नेताहरू लगातार आयोग पुगेका छन्, ज्ञापनपत्र बुझाउने र ध्यानाकर्षण गराउने क्रम जारी छ।

आयोगले चौतर्फी दबाब र नियमित काममा कठिनाइका कारण सकेसम्म छिटो निर्णय दिने तयारी गरिरहेको छ। स्रोतका अनुसार, आयोगले शुक्रबार अपराह्न वा सकेसम्म शनिबार निर्णय सुनाउने सम्भावना छ। आयोगका पदाधिकारीहरू हाल राजनीतिक दलसँग छलफलमा व्यस्त छन्।