राजनीति

म आगामी निर्वाचनमा उम्मेदवार छैन: सभापति देउवा

६ माघ, काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफू निर्वाचनमा भाग नलिने बताएका छन् । उनका स्वकीय सचिव भानु देउवाले एक विज्ञप्ति जारी गर्दै उक्त कुरा बताएका हुन् । 

सर्वोच्च अदालतमा काँग्रेसको आधिकारिकताको दाबी गर्दै निवेदन परेको अवस्थामा सभापति देउवाले आफू नैतिक रूपमा वा सर्वोच्च अदालतको फैसला आउनुभन्दा अगाडी आफू निर्वाचन नलड्ने दाबी गरेको बत्ताइन्छ । 

उनले सामाजिक सञ्जालमार्फत भनेका छन्:

नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाज्यू आगामी प्रतिनिधिसभा निर्वाचनमा  उम्मेदवार नहुने जानकारी गराउँछु। 

–भानु देउवा