६ माघ, जनकपुर । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले धनुषाको निर्वाचन क्षेत्र नंं ३ बाट उम्मेदवारी दर्ता गराएका छन् ।
आज जनकपुरधामस्थित महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् । उनको प्रस्तावकमा मधेस प्रदेशका प्रदेशसभा सदस्य रामसरोज यादव र समर्थकमा जनकपुरधाम उपमहानगरपालिका प्रमुख मनोजकुमार साह रहेका छन्। नेता निधिले सङ्घीयताको संस्थागत विकास तथा विकासका थप काम गर्नका लागि आफूले उम्मेदवारी दिएको बताए । सोही क्षेत्रबाट नेकपा (एमाले) नेतृ जुलीकुमारी महतोले उम्मेदवारी दर्ता गराएका छन्।





