समाचार

मनाङमा एमाले र राप्रपाका उम्मेदवारले नाम फिर्ता लिए

९ माघ, काठमाडौं । मनाङमा प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवारले नाम फिर्ता लिन निवेदन दिएका छन्।

निर्वाचन अधिकृत रामप्रसाद पौडेलका अनुसार दुवै दलबाट उम्मेदवारी फिर्ताको निवेदन प्राप्त भएको हो। उनले दिउँसो १ बजेपछि औपचारिक निर्णय हुने जानकारी दिएका छन्।

एमालेबाट पोल्देन छोपाङ गुरुङ र राप्रपाबाट कुविरसिंह गुरुङ उम्मेदवार दर्ता गराएका थिए। अब उनीहरू दुवै चुनावी प्रतिस्पर्धाबाट बाहिरिएका छन्।

मनाङमा यसअघि पाँच जनाको उम्मेदवारी परेको थियो। रास्वपाबाट टिकट पाएका उम्मेदवार तोकिएको समयभन्दा ढिलो कार्यालय पुगेकाले उम्मेदवार बन्न पाएनन्।

कांग्रेसबाट यसअघि निर्वाचित टेकबहादुर गुरुङ पुनः उम्मेदवार बनेका छन्।