आर्थिक

जस्तोसुकै रोग लागे पनि उपचार निशुल्क हुने व्यवस्था गर्छौं: नेपाली कांग्रेस

काठमाडौं, ७ फागुन । नेपाली कांग्रेसले अलपत्र परेको स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवस्थित गर्दै देशभरका नागरिकका लागि फ्रि हेल्थ केयर सुनिश्चित गर्ने योजना सार्वजनिक गरेको छ।

पार्टीको चुनावी प्रतिज्ञापत्र बिहीबार सार्वजनिक गर्दै सभापति गगनकुमार थापाले स्वास्थ्य बीमा प्रणालीलाई नयाँ ढाँचामा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले भने, “कुनै पनि नेपालीले जस्तोसुकै रोग लाग्दा पनि निशुल्क स्वास्थ्य सेवा पाउनुपर्छ। यसको लागि स्रोत र एकीकृत प्रणाली आवश्यक छ।”

थापाले अस्पताल केवल ठूलो भवन नभई, जनशक्ति र पूर्वधार व्यवस्थापनमा ध्यान दिनुपर्ने बताएका छन्। उनले भने, “स्वास्थ्य खर्च कसरी घटाउने, स्वास्थ्य जनशक्ति नेपालमै कसरी खटाउने, र वृद्धवृद्धा तथा बालबालिकाले घरमै सेवा कसरी पाउने भन्नेमा योजना तयार छ।”

नेपाली कांग्रेसको यो पहलले स्वास्थ्य सेवा प्रणालीलाई दीगो बनाउँदै सबै वर्गका नागरिकका लागि पहुँचयोग्य बनाउने लक्ष्य राखेको छ।