बाग्मती

बालेन्द्र शाह मतदान गर्न सिनामंगल पुगे

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह आज बिहान मतदान गर्न सिनामंगलस्थित अन्नपूर्ण विनायक स्कुल मा रहेको मतदान केन्द्रमा पुगेका छन्।

निर्धारित समयमै मतदान केन्द्रमा पुगेका शाहले आफ्नो मताधिकार प्रयोग गरेका हुन्। मतदान केन्द्रमा सुरक्षा व्यवस्था कडा पारिएको थियो भने मतदाताहरूको उल्लेखनीय सहभागिता देखिएको छ।

शाहको उपस्थितिले स्थानीय मतदाताहरूमा उत्साह थपिएको देखिएको थियो। हाल देशभर विभिन्न मतदान केन्द्रहरूमा शान्तिपूर्ण रूपमा मतदान प्रक्रिया जारी रहेको निर्वाचन अधिकारीहरूले बताएका छन्।