समाचार

बालेन्द्र शाह काठमाडौं-२ मा मतदानपछि  हेलिकप्टरमार्फत झापातिर प्रस्थान

२१ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले काठमाडौं-२ को मतदान केन्द्रमा आफ्नो मत खसालिसकेपछि झापा प्रस्थान गरेका छन्। सुरक्षा स्रोतका अनुसार, बालेन माउन्टेन एअरको हेलिकप्टरमार्फत झापा जाने तयारीमा थिए।

उनले झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिएका छन्, जहाँ उनले एमाले अध्यक्ष केपी शर्मा ओली सँग प्रत्यक्ष चुनावी प्रतिस्पर्धा गर्दैछन्। केहीबेरमै उनी झापाको लागि प्रस्थान गर्ने जानकारी प्राप्त भएको छ।

यो चुनावी प्रतिस्पर्धाले स्थानीय तहमा चासो र हलचल बढाउने अपेक्षा गरिएको छ।