२१ फागुन, काठमाडौं – दोलखामा मतदानको क्रममा विवाद हुँदा प्रहरीले स्थिति नियन्त्रण गर्न हवाई फायर गरेको छ।
दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी औलाखबहादुर आलेले अनलाइनखबरसँग कुरा गर्दै हवाई फायर भएको पुष्टि गरे। उनले भने, “निर्वाचनमा खटिएका कर्मचारीमाथि हातपात गर्न खोजेपछि हवाई फायर गरिएको हो। हाल सामान्य नाराबाजी भइरहेको छ।”
विवाद दोलखाको मालु मतदानस्थलमा भएको र अहिले स्थिति तनावपूर्ण रहेको स्थानीय स्रोतले जनाएका छन्।





