२१ फागुन, काठमाडौं । दोलखाको तामाकोशी गाउँपालिका–४ अन्तर्गत मालु मतदान केन्द्रमा मतदान रोकिएको छ। कर्मचारीमाथि हातपातको प्रयास भएपछि प्रहरीले हवाई फायर चलाएर स्थिति नियन्त्रण गर्ने प्रयास गरेको थियो।
सहायक प्रमुख जिल्ला अधिकारी औलाख बहादुर आलेले मतगणना अझै सुरु हुन नसकेको र घटनाको विषयमा छलफल जारी रहेको बताए। उनका अनुसार, “बुथ एजेन्टहरूलाई सुरक्षित ठाउँमा राखिएको छ। केही दलका प्रतिनिधिहरूले मतपत्र लुट्न खोजेपछि उनीहरूलाई सुरक्षा कारणले अलग राख्नुपरेको हो।”
प्रहरीले मतपत्र लुट्ने प्रयास भएकाले तत्काल नियन्त्रणमा लिएको होइन, उनीहरूलाई सुरक्षित राखिएको औलाखले स्पष्ट पारेका छन्।





