बाग्मती

काठमाडौंमा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने विजयी

काठमाडौं, २२ फागुन । प्रतिनिधि सभा निर्वाचनको मतगणनाअन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो जित हात पारेको छ। पार्टीकी उम्मेदवार रञ्जु न्यौपाने (दर्शना) १५ हजार ४५५ मतसहित विजयी भएकी हुन्।

उनकी निकटतम प्रतिद्वन्द्वी प्रबल थापा (नेपाली कांग्रेस) ले ६ हजार ३६४ मत प्राप्त गरेका छन्।

यसैगरी अघिल्ला दुई निर्वाचनमा झिनो मतान्तरले पराजित हुँदै आएका रवीन्द्र मिश्र (राष्ट्रिय प्रजातन्त्र पार्टी) ले यसपटक ३ हजार ९७२ मत प्राप्त गरेका छन्।

अन्य उम्मेदवारतर्फ मोहनराज रेग्मी (नेकपा एमाले) ले १ हजार ६१८ मत पाएका छन्। मेनुका भण्डारी (नेपाल कम्युनिस्ट पार्टी) ले ३४५ मत प्राप्त गरेकी छन् भने समीर लामा तामाङ (श्रम संस्कृति पार्टी) ले ४२६ मत पाएका छन्।

मतगणनाको अन्तिम परिणामसँगै रास्वपाले यस निर्वाचनमा आफ्नो जितको खाता खोलेको छ।