समाचार

मोरङ–३ मा रास्वपाका कार्की काँग्रेसका सुनिल शर्मासँग १० हजार भन्दा बढी मतान्तरले विजयी

२४ फागुन, बेलबारी (मोरङ) । मोरङका ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गणेश कार्की विजयी भएका छन् ।

गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मत परिणामअनुसार उनले ३६ हजार ९२४ मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेस पार्टीका उम्मेदवार सुनिलकुमार शर्माले २४ हजार ३५४ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

श्रम संस्कृति पार्टीका उम्मेदवार अमिर मगरले १६ हजार ५०९ मत प्राप्त गरेका छन् । नेकपा (एमाले)का उम्मेदवार इरन राईले सात हजार ७५२ मत प्राप्त गरेका छन् । सो क्षेत्रमा एक लाख ५८ हजार ५७ कुल मतदाता रहेकामा ९६ हजार ६७७ मत खसेको थियो ।