प्रदेश 1

पाँचथरबाट कांग्रेसका केरुङ निर्वाचित, रास्वपा पाँचौंमा सीमित

लक्ष्मी गौतम, २४ फागुन, फिदिम, पाँचथर। पाँचथरबाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांङ्ग्रेसका नरेन्द्रकुमार केरुङ निर्वाचित भएका छन । निकटतम प्रतिद्वन्दी श्रम संस्कृति पार्टिका हस्तराज शेर्मालाई २ हजार ४ सय ९९ सय मतान्तरले हराउँदै उनी निर्वाचित भएका हुन् ।
केरुङले १७ हजार २ सय ३३ मत प्राप्त गर्दा शेर्माले १७ हजार ७ सय ३४ मत ल्याएका छन् ।
एमालेका अइन्द्र सुन्दर नेम्वाङ १४ हजार २ सय ३४ मत ल्याएर तेस्रो तथा नेपाली कम्युनिष्ट पार्टिका हर्कबहादुर नेम्वाङले ११ हजार ४ सय ४३ मत ल्याएर चौथो स्थान सुरक्षित गरे । यहाँबाट राष्ट्रिय स्वतन्त्र पार्टिले ४ हजार १ सय ८७ मत ल्याएर पाँचौ स्थानमा सिमित रहेको छ ।
यहा“ १५ दलका १५ उम्मेद्वार थिए । यसअघि लामो समयसम्म शिक्षण र प्राध्यापन गरेका केरुङ यसअघि २ पटका कांग्रेसको पाँचथर जिल्ला सभापति थिए । उनी भर्खरै सम्पन्न कांग्रेसको विशेष महाधिवेशनबाट केन्द्रीय सदस्य समेत निर्वाचित भएका थिए । उनले व्यवस्थापन संकायमा स्नातकोत्तर उतिर्ण गरेका छन ।