२४ फागुन, काठमाडौं । सुनसरी–१ बाट प्रतिनिधिसभा सदस्यमा हर्कराज राई (साम्पाङ) निर्वाचित भएका छन् । श्रम संस्कृति पार्टीका अध्यक्ष र उम्मेदवार साम्पाङले ३५ हजार ७४१ मत ल्याएर विजयी हासिल गरेका हुन्।
निकटतम प्रतिस्पर्धी, राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङ, २७ हजार २४९ मतमा रोकिएकी थिइन्। साम्पाङले ८ हजार ४९२ मतको फराकिलो अन्तरले प्रतिद्वन्द्वीलाई पराजित गरेका हुन्।
यसअघि श्रम संस्कृति पार्टीका अन्य उम्मेदवारले पनि सफलता हात पारेका छन्। खोटाङ–१ मा आरेन राई विजयी भएका छन् भने भोजपुर–१ मा प्रारम्भिक मत गणनामा ध्रुवराज राई अग्रता लिएका छन्।
यो परिणामले श्रम संस्कृति पार्टीको प्रभाव क्षेत्रीय रुपमा मजबुत भएको संकेत गर्दछ।





