२४ फागुन, कैलाली । कैलाली–२ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का २६ वर्षीय केपी खनाल विजयी भएका छन्। उनले यस निर्वाचन क्षेत्रमा १९ हजार ५७ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी नागरिक उन्मुक्ति पार्टीका पतिराम चौधरीलाई ७ हजार १०८ मतको फराकिलो अन्तरले पछि पारे। चौधरीले ११ हजार ९४९ मत मात्र पाएका थिए।
यसैगरी, नेकपा एमालेका सूर्यबहादुर थापाले ७ हजार ८८६ मत ल्याए भने नेपाली कांग्रेसका विजयबहादुर स्वाँरले ७ हजार २१३ मत प्राप्त गरे।
कैलाली जिल्लामा रास्वपाको दबदबा देखिएको छ। यसअघि कैलाली–१ मा कोमल ज्ञवाली, कैलाली–३ मा जगतप्रसाद जोशी, र कैलाली–४ र ५ मा खेमराज कोइराला र आनन्दबहादुर चन्द विजयी भएका थिए।
यो परिणामले रास्वपाको कैलालीमा बलियो पकडलाई अझ पुष्टि गरेको छ।





