आर्थिक

तोलामा ३ हजार ८ सय रुपैयाँले बढ्यो सुनको मुल्य

२६ फागुन, काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा ३ हजार ८ सय रूपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला ३ लाख १३ हजार २०० रूपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ३ हजार ८०० रूपैयाँले बड्दै ३ लाख १७ हजार रूपैयाँ पुगेको हो ।

यस्तै आज चाँदीको मूल्य पनि तोलामा ३१० रूपैयाँले बढ्दै ५ हजार ७२० रूपैयाँ पुगेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला ५ हजार ४१० रूपैयाँमा कारोबार भएको थियो ।