आर्थिक

अन्तराष्ट्रिय बजारमा तेलको मूल्य ह्वात्तै घट्यो, नेपालमा के होला ?

२६ फाल्गुन, काठमाडौँ । अन्तराष्ट्रिय बजारमा तेलको मूल्य ह्वात्तै घटेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान इजरायल युद्ध छिट्टै समाप्त हुने बताएसँगै अन्तराष्ट्रिय तेल बजारमा तेलको मूल्य ओरालो लागेको हो ।

अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार अन्तराष्ट्रिय बजारमा ब्रेन्ट करिब ८.५ प्रतिशतले घटेर प्रति ब्यारेल ९२.५० अमेरिकी डलर पुगेको छ ।

त्यस्तै, अमेरिकामा कारोबार हुने तेलसमेत करिब ९ प्रतिशतले घटेर प्रति ब्यारेल ८८.६० अमेरिकी डलर पुगेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको कुराकानीका क्रममा युद्ध छिट्टै समाप्त हुने बताएका थिए । अर्कोतर्फ ट्रम्पले इरानले होर्मुज स्ट्रेटमा तेल ढुवानीमा अवरोध गरे कडा कारवाही गरिने चेतावनी समेत दिएका छन् ।

अन्तराष्ट्रिय बजारमा तेलको मूल्य घटेसँगै नेपालमा पनि आकाशिएको तेलको मूल्य घट्ने प्रक्षेपण गरिएको छ । तर, तत्काल नेपालमा तेलको मूल्य घट्ने संकेत नदेखिएको विश्लेषकहरुले बताएका छन् ।