राजनीति

बालेन्द्र शाहलाई प्रधानमन्त्री बनाउने विषयमा रास्वपा स्पष्ट छ: राजुनाथ पाण्डे

काठमाडौं, २६ फागुन । काठमाडौं–३ बाट नवनिर्वाचित सांसद राजुनाथ पाण्डेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नै अबको प्रधानमन्त्री हुनेमा शंका नगर्न पार्टीका नेताहरूसँग अनुरोध गरेका छन्।

मंगलबार पत्रकारहरूसँगको कुराकानीमा सांसद पाण्डेले पार्टीको नीति विपरीत दायाँबायाँ कुरा नगर्न र सबै नेतालाई मिडियामा बोल्दा संयमित हुन आग्रह गरे। उनले भने, “हाम्रो प्रधानमन्त्रीको उम्मेदवार वरिष्ठ नेता बालेन्द्र शाह हो। त्यसमा कुनै कन्फ्युजन हुनुहुँदैन।”

पाण्डेले रास्वपाका नेताले भनेका कुरा अनावश्यक भएमा जिम्मेवार नठान्न पनि सुझाव दिए। उनले जोड दिए, “राष्ट्रिय स्वतन्त्र पार्टीले जे बोल्छ, त्यही गर्छ। पार्टीको लाइनभन्दा बाहिर मान्छेपिच्छे कुरा गर्ने छुट कुनै नेतालाई छैन।”

यसैगरी, उनले सबैलाई पार्टीको निर्णयमा संयमित रहन र भ्रम नफैलाउन आग्रह गरेका छन्।