आर्थिक

सुनको मूल्य आज सामान्य बढ्यो, चाँदीको घट्यो

२ चैत, काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य सामान्य घटबढ भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सोमबार (चैत २) सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको हो । आजको मूल्य प्रतितोला तीन लाख नौ हजार ५०० रुपैयाँ कायम छ ।

अघिल्लो दिन तीन लाख नौ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य भने पाँच रुपैयाँले घटेको छ ।

हिजो प्रतितोला पाँच हजार २७० रुपैयाँमा किनबेच भएको चाँदी आजका लागि पाँच हजार २६५ रुपैयाँ तोकिएको छ ।