समाचार

आँखामा कालो पट्टी बाँधेका जेनजिको प्रश्न : कार्की आयोगको प्रतिवेदन खोइ ?

२ चैत, काठमाडौं । जेनजी आन्दोलनका घटनाबारे न्यायिक जाँचबुझ गर्न गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै जेनजी युवाहहरु प्रदर्शनमा उत्रिएका छन् ।

काठमाडौंको माइतीघर मण्डलामा उनीहरूले कार्की आयोगको पूर्ण प्रतिवेदन खोइ ? भन्दै आँखामा कालोपट्टी बाँधेर बिरोध जनाएका छन् । गुपचुप राखिएको गौरी बहादुर कार्की आयोगको प्रतिवेदन तत्काल सार्वजनिक हुनुपर्ने उनिहरुको अडान छ।