२ चैत, जनकपुरधाम । पूर्वराष्ट्रपति डा. रामवरण यादवका परिवारका दुई सदस्य नेपाली कांग्रेसबाट समानुपातिक प्रणालीमार्फत प्रतिनिधि सभामा निर्वाचित भएका छन्।
कांग्रेसको समानुपातिकतर्फ मधेशी क्लस्टर अन्तर्गत पुरुष कोटाबाट छोरा चन्द्रमोहन यादव सांसद बनेका छन् भने मधेशी महिला क्लस्टरबाट भतिजी रेखाकुमारी यादव निर्वाचित भएकी छन्।
रेखा पूर्वराष्ट्रपति यादवका दाजु स्वर्गीय रामलगन यादवकी छोरी हुन्। उनको स्थायी घर महोत्तरीको गौशाला नगरपालिका भरतपुरमा रहेको बताइएको छ।
यसैगरी मधेशी महिला क्लस्टरबाट निनु कर्ण पनि सांसद निर्वाचित भएकी छन्। उनी कांग्रेसका पूर्व उपसभापति बिमलेन्द्र निधिको भान्जी हुन्।
कांग्रेसको समानुपातिक सूचीमार्फत मधेशी क्लस्टरबाट तीनै जना प्रतिनिधि सभामा प्रवेश गरेका छन्।





