७ चैत, काठमाडौं । इरानले संयुक्त अरब इमिरेट्स (यूएई) को रस अल-खैमाह सहरमा निर्णायक शक्तिले आक्रमण गर्ने धम्की दिएको छ ।
फारसका दुई खाडी द्वीपका विषयमा यूएईसँग लामो समयदेखि जारी विवादका बीच इरानले हमलाको चेतावनी दिएको हो ।
इरानको सरकारी सञ्चारमाध्यमले टेलिग्राममा प्रकाशन गरको सन्देशमा इरानी सशस्त्र सेनाका प्रवक्ताले भनेका छन्, ‘अबु मुसा र ग्रेटर टुन्ब टापुहरूमा कुनै पनि नयाँ आक्रमण भएमा युएईले त्यो सहरमा आक्रमण गर्नेछ ।
दुवै टापु दशकौँदेखि इरानको नियन्त्रणमा छन् । फारसको खाडीमा अवस्थित ती टापु रणनीतिक रूपमा महत्त्वपूर्ण मानिन्छन् । यूएईले दुवै टापु आफ्नो भएको दाबी गरिरहेको छ ।
अमेरिका-इजरायले गत फेब्रुअरी २८ मा संयुक्त हवाई हमला गरी इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीलगायत शीर्ष नेता तथा अधिकारीको हत्या गरेयता निरन्तर युद्ध जारी छ ।





