समाचार

कांग्रेस केन्द्रिय समिति बैठक, गगनको राजीनामा स्वीकृत गर्नुपर्छ कि पर्दैन ?

८ चैत, काठमाडौं । सुक्रबारदेखि सुरु भएको नेपाली कांग्रेसको केन्द्रिय समितिको बैठक आजपनि बस्ने भएको छ । हिजो शनिबार परेकाले नबसेको बैठक आज बस्ने भएको हो । शुक्रबारको बैठकमा उपसभापति विश्वप्रकाश शर्माले सभापति गगनकुमार थापाको राजीनामा अस्वीकृत प्रस्ताव गरेका थिए ।

आजको बैठक सोहि प्रस्ताव पास गर्ने कि नगर्ने भन्नेमा केन्द्रित हुनेछ । फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा हार बेहोेरेपछि सभापति थापाले राजिनामा बुझाएका थिए।

यता कांग्रेसमा उनको यो निर्णयलाई लिएर खैलाबैला मम्चिएको छ । गगन पक्षका नेताहरुले राजीनामा अस्वीकृत गर्न माग गरिरहँदा देउवा पक्षका नेताहरुले भने अस्वीकृत गर्ने प्रकारको राजिनामा नाटकमात्रै भएको संज्ञा दिरहेका छन । देउवा पक्षका नेताहरुले कांग्रेस सभापति शेर बहादुर देउवा नै भएको दाबी गरिरहेका छन् ।

जेनजी आन्दोलनपछिको विशेष महादिवेशन बाट गगनकुमार थापा सभापति चुनिएका थिए । स्वास्थ्य उपचारका लागि सिङगापुर गएका पुर्व सभापति देउवा अहिले हङकङमा छन् । यस्तो अवस्थामा सभापति थापाले राजीनामा दिनपर्छ कि पर्दैन के भन्नु हुन्छ तपाई ?