समाचार

पोखरा विमानस्थल प्रकरणमा अर्को झट्का: अख्तियारको दोस्रो भ्रष्टाचार मुद्दा दायर

८ चैत, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भनिएको भ्रष्टाचार प्रकरणमा दोस्रो मुद्दा दायर गरेको छ। विशेष अदालतमा दायर गरिएको उक्त मुद्दामा तत्कालीन पर्यटन सचिव केदारबहादुर अधिकारीसहित २१ जना व्यक्ति र दुई कम्पनीलाई प्रतिवादी बनाइएको स्रोतले जनाएको छ।

यसअघि नै पहिलो मुद्दा दायर गर्दा आयोगले विमानस्थल निर्माणसँग सम्बन्धित राजस्व छुट लगायतका विषयमा थप अनुसन्धान भइरहेको जानकारी गराएको थियो। सोही अनुसन्धानका आधारमा अहिले दोस्रो मुद्दा दायर गरिएको हो।

पोखरा विमानस्थल परियोजनामा अनियमितता भएको आरोपबारे लामो समयदेखि छानबिन भइरहेको थियो। पछिल्लो मुद्दासँगै यस प्रकरणले थप कानुनी र राजनीतिक बहस निम्त्याउने देखिएको छ।