समाचार

तिनाउ खोलामा डुबेर दुई भारतीय पर्यटक बेपत्ता

८ चैत, पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका-३, दोभान ड्यामसाइडस्थित जलविद्युत आयोजनाको हेडबक्स नजिक दुई भारतीय पुरुष पर्यटक डुबेर बेपत्ता भएका छन्।

प्रहरीका अनुसार, उनीहरू ५ जनाको समूहमा रहेका थिए। जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी होमप्रकाश चौधरीले स्थानीय बासिन्दा, सशस्त्र प्रहरी र दोभान प्रहरी चौकीको टोलीले खोजी कार्य जारी राखेको जानकारी दिए।

हाल बेपत्ता हुनेहरूको नाम र ठेगाना खुल्न बाँकी छ।