समाचार

रास्वपा बैठक जारी

१२ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक जारी रहेको छ। सिंहदरबारस्थित प्रतिनिधिसभाको हलमा सांसदहरूको शपथ ग्रहण समारोह सम्पन्न भएलगत्तै रास्वपाका सांसदहरू बनस्थलीस्थित केन्द्रीय कार्यालय पुगेका हुन्।

बैठकमा पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेता बनाउने विषयमा छलफल भइरहेको बताइएको छ।

केन्द्रीय समितिले यसबारे निर्णय गरेलगत्तै संसदीय दलको बैठक पनि बस्ने तयारी गरिएको छ।

उल्लेखनीय छ कि फागुन २१ मा सम्पन्न निर्वाचनमा रास्वपाले शाहलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको थियो।