राजनीति

शंकरको चेतावनी : पूर्वाग्रह र प्रतिशोधको राजनीति धेरै महँगो हुनेछ

१४ चैत, काठमाडौं। नेकपा (एमाले) महासचिव शंकर पोखरेलले पूर्वाग्रह र प्रतिशोधको राजनीति धेरै महँगो हुने चेतावनी दिएका छन्।

अध्यक्ष ओली पक्राउ परेपछि उनले पूर्वाग्रह र प्रतिशोधको राजनीति धेरै महँगो हुने चेतावनी दिएका हुन्।

उनले सरकारलाई जिम्मेबार बन्न र अबिलम्ब ओलीलाई रिहा गर्न माग समेत गरेका छन्। महासचिव पोखरेलले भनेका छन्, ‘पूर्वाग्रह र प्रतिशोधको राजनीति धेरै महँगो हुन्छ।

जिम्मेवार बन, अविलम्ब रिहा गर !’ ओली पक्राउ परेको घटनाबारे छलफल गर्न पार्टी कार्यालय च्यासलमा सचिवालय बैठक सुरु भएको छ ।