१७ चैत, काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री प्रदीप पौडेलले देशले सामना गरिरहेको वर्तमान संकटको घडीमा पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ताहरूलाई एकजुट हुन आह्वान गरेका छन्।
उनले पार्टीको ऐतिहासिक भूमिका र विगतका सफलताहरूलाई स्मरण गराउँदै एकताको महत्त्वमा जोड दिएका छन्।
महामन्त्री पौडेलले सामाजिक सञ्जालमा लेखेका छन्, देशका हरेक संकटमा नेपाली काङ्ग्रेस सँगै रह्यो, एकजुट रह्यो। त्यो एकताकै बलमा काङ्ग्रेसले विगतमा देशका ऐतिहासिक परिवर्तनको नेतृत्व गर्यो र सफलता पनि हासिल गर्यो।
उनले वर्तमान प्रतिकुलतामा पार्टी छिन्नभिन्न भएर कमजोर बन्न नहुनेमा समेत जोड दिएका छन्।
यसकारण अहिलेको प्रतिकुलतामा पनि हामी छिन्नभिन्न भएर बिग्रनु हुन्न। म पार्टी महामन्त्री मात्र नभई एक इमान्दार कार्यकर्ता भएर भन्दैछु- हामी सबै एकजुट होऔं१ू पौडेलले अगाडि लेखेका छन्।
महामन्त्री पौडेलले नेपाली काङ्ग्रेसका सबै नेता कार्यकर्तामा अनुरोध गर्दै एकतामा नै शक्ति निहित रहेको र यसैको बलमा भविष्यमा उज्ज्वल परिणाम प्राप्त गर्न सकिने विश्वास व्यक्त गरेका छन्।
म नेपाली काङ्ग्रेसका सबै नेता कार्यकर्तामा अनुरोध गर्छु एकतामा नै शक्ति छ, र यसैको बलमा नै हामीले फेरि उज्यालो भविष्य प्राप्त गर्नेछौं।
उनले थपेका छन् यो आह्वानले पार्टीभित्र एकताको भावनालाई थप सुदृढ गर्ने र वर्तमान चुनौतीहरूको सामना गर्नका लागि सामूहिक प्रयासलाई प्रोत्साहित गर्ने अपेक्षा गरिएको ।






