राजनीति

चन्द्र भण्डारीको टिप्पणी : नेताहरूका गतिविधि गतिछाडा भए

१८ चैत, काठमाडौँ । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पछिल्लो राजनीतिक प्रवृत्तिप्रति टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले नेपालमा झगडालाई राजनीति र पहिचानका रूपमा स्थापित गरिँदै गएको हो ? भन्दै प्रश्न उठाएका हुन्।

उनले झगडा राजनीति हो ?, झगडा नेपालीको पहिचान हो तरु जस्ता प्रश्न गर्दै वर्तमान राजनीतिक संस्कारप्रति असन्तोष व्यक्त गरेका छन्। भण्डारीले हारमा पनि झगडा र जितमा पनि झगडा हुने प्रवृत्तिले धैर्यता र विधिको अभाव देखिएको टिप्पणी गरेका छन्।

उनले पाका नेताहरूले अझ जिम्मेवार र परिपक्व भूमिका निर्वाह गर्नुपर्ने समय आएको बताएका छन्। पाका नेताहरू पाका बन्नु पर्दैन र ? भन्ने प्रश्नमार्फत उनले नेतृत्व तहप्रति संकेत गरेका छन्।

त्यस्तै, गति छाडा भन्ने शब्द प्रयोग गर्दै उनले अहिलेको राजनीतिक व्यवहार र शैलीप्रति कटाक्ष गरेका छन् ।