पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा मङ्गलबार एउटा सिङ्गमर्मरको खानीमा दुर्घटना हुँदा मृत्यु हुने खानी श्रमिकको सङ्ख्या नौ जना पुग्नुका साथै अन्य तीन जना घाइते भएको अधिकारीहरूले बताएका छन् । उद्धार कार्यलयका प्रवक्ताले दुर्घटना मर्दन जिल्लाको रुस्तम क्षेत्रमा भएको पुष्टि गर्दै दुर्घटना हँदा मजदुरहरू भग्नावशे मुनि फसेको बताएको छ ।
उद्धार टोलीले घटनास्थलबाट १२ जना श्रमीकलाई उद्धार गरेको र मृतक तथा घाइतेहरूलाई नजिकैको अस्पतालमा लगिएको जनाइएको छ । प्रान्तका मुख्यमन्त्रीका विशेष सहायक सफी जानले शोक व्यक्त गर्दै अधिकारीहरू तैनाथ गरी उद्धार कार्य जारी रहेको बताएको छ ।
प्रदेश सरकारले घाइतेहरूको उपचारका लागि तत्काल अस्पताल लैजाने आदेश दिदै घटनाको अनुसन्धान गर्न निर्देशन दिएको जनाएको छ ।




