२० चैत, काठमाडौं । गौतमश्री बहुउदेश्यी सहकारी संस्था लिमिटेड का व्यवस्थापक रवीन बिष्ट पक्राउ परेका छन्। पाँचथरको फिदिम नगरपालिका–४ घर भएका ४१ वर्षीय बिष्टलाई काठमाडौं उपत्यकाबाट प्रहरीले नियन्त्रणमा लिएको हो।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय को टोलीले उनलाई पक्राउ गरेको हो। कार्यालयका प्रवक्ता मनोहर भट्ट का अनुसार बिष्टलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।
प्रहरीका अनुसार उक्त सहकारीमार्फत साढे ५ अर्ब रुपैयाँभन्दा बढी ठगी गरिएको आरोप छ। बिष्टविरुद्ध काठमाडौं जिल्ला अदालत बाट म्याद लिएर विस्तृत अनुसन्धान अघि बढाइने जनाइएको छ।
यस घटनाले सहकारी क्षेत्रमा बढ्दो वित्तीय अनियमितता र ठगीका घटनाप्रति पुनः चिन्ता बढाएको छ।





