समाचार

निर्विरोध नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालको शपथ आइतबार

२० चैत, काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्याल ले पद तथा गोपनीयताको शपथ आइतबार, चैत २२, दिउँसो साढे २ बजे लिने भएका छन्। शपथ ग्रहण कार्यक्रम राष्ट्रपति भवन शीतल निवास मा आयोजना हुनेछ र उनलाई राष्ट्रपति रामचन्द्र पौडेल ले शपथ खुवाउने छन्।

सभामुख पदको मनोनयन दर्ताका क्रममा अर्यालको एकल उम्मेदवारी परेको थियो र यसै कारण उनी निर्विरोध निर्वाचित भएका हुन्। यससँगै प्रतिनिधिसभामा नेतृत्वको जिम्मेवारी उनी सम्हाल्ने छन्।