२० चैत, काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन्द्र शाह लाई औपचारिक रूपमा बधाई दिएको छ। शुक्रबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले शाह नेतृत्वको सरकारलाई बधाई दिने निर्णय गरेको हो।
पार्टीले जारी गरेको निर्णयमा “भारी बहुमतका साथ सरकार गठन गर्न सफल भएकोमा प्रधानमन्त्री बालेन्द्र शाह र उहाँको मन्त्रिपरिषद्लाई बधाई” ज्ञापन गरिएको उल्लेख छ।
यससँगै बैठकमा संसदीय दलका नेता रामबहादुर थापा ले प्रतिनिधिसभामा दिएको सम्बोधनबारे पनि गम्भीर छलफल भएको थियो। थापाको अभिव्यक्तिले पार्टीभित्र र बाहिर आलोचना भएको थियो, विशेषगरी उनले रास्वपा पहिलो दल बन्नुमा नेपाली सेना, कर्मचारीतन्त्र र गैरसरकारी संस्थाको भूमिका रहेको आरोप लगाएपछि विवाद बढेको थियो।
एमालेले उक्त विषयमा आन्तरिक रूपमा समीक्षा गर्दै पार्टीभित्रका धारणा समेट्ने प्रयास गरेको जनाएको छ।





