२६ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहता लाई गम्भीर विषयमा सचेत गराएको छ।
रास्वपाका सभापति रवि लामिछानेका अनुसार, श्रममन्त्री दीपककुमार साहले आफ्नो श्रीमतीलाई स्वास्थ्य बीमा बोर्डमा सदस्य बनाउँदा विभागीय मन्त्रीले अपेक्षित ध्यान नदिएको पाइएपछि यस्तो चेतावनी जारी गरिएको हो।
सभापति लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाहलाई पठाएको पत्रमा उल्लेख गरेका छन्, “यस्तो गम्भीर विषयमा आफ्नो जिम्मेवारीमा अपेक्षित गम्भीरता नदेखिएको हुँदा स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहतालाई सचेत गराउन सिफारिस गर्दछु।”
यसअघि, प्रधानमन्त्री शाहले बिहीबार श्रममन्त्री दीपककुमार साहलाई पदमुक्त गरेका थिए। साह मन्त्रालयमा केवल १४ दिन मात्रै रहे।






