काठमाडौं । नेपालकै पहिलो पब्लिक लिमिटेड ट्राभल ब्रान्ड, “Guru Travels Limited” र क्यान्सर नियन्त्रण तथा जनचेतना अभिवृद्धिमा सक्रिय गैर -नाफामुखी संस्था “Cancer Council Nepal” बीच सामाजिक उत्तरदायित्व, विद्यालय, कलेज तथा समुदायमा Invest On Travelling Program सञ्चालन गर्ने , जनचेतना अभिवृद्धि तथा सामुदायिक विकासका कार्यक्रमहरूलाई संयुक्त रूपमा अघि बढाउने उद्देश्यले समझदारी पत्र MOU मा हस्ताक्षर भएको छ ।
यस सहकार्य अन्तर्गत दुवै संस्थाले नेपालभर क्यान्सरसम्बन्धी जनचेतना कार्यक्रम सञ्चालन गर्ने, विद्यालय तथा कलेजहरूमा सचेतना अभियान सञ्चालन गर्ने, निःशुल्क स्वास्थ्य शिविर तथा प्रारम्भिक जाँच कार्यक्रमहरू आयोजना गर्ने, तथा क्यान्सर बिरामी र तिनका परिवारलाई सहयोग र्पु याउने लक्ष्य राखेका छन् । साथै, पर्यटनसँग जोडिएका सामाजिक कार्यक्रमहरू, स्वास्थ्य सचेतना यात्राहरू तथा समुदाय केन्द्रित गतिविधिहरूमा समेत सहकार्य गर्ने सहमति भएको छ ।
Cancer Council Nepal सन् २००९ मा स्थापना भएको एक राष्ट्रिय स्तरको गैर-सरकारी संस्था हो, जसले क्यान्सरसम्बन्धी जनचेतना, प्रारम्भिक पहिचान, उपचार सहयोग तथा पालीएटिभ केयरमा काम गर्दै आएको छ । यस संस्थाले विशेष गरी ग्रामीण तथा दुर्गम क्षेत्रमा सचेतना कार्यक्रम र निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।
त्यसैगरी, Guru Travels Limited नेपालकै पहिलो पब्लिक लिमिटेड ट्राभल ब्रान्डको रूपमा स्थापित भई आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटन, MICE, साहसिक यात्रा तथा विभिन्न थिममा आधारित पर्यटन सेवाहरू प्रदान गर्दै आएको छ ।
यस सहकार्यबारे बोल्दै Guru Travels Limited का प्रमुख कार्यकारी अधिकत नबराज धरेलले भने, “हाम्रो उद्देश्य केवल पर्यटन सेवा प्रदान गर्नु मात्र नभई समाजप्रति जिम्मेवार भई सकारात्मक परिवर्तन ल्याउनु पनि हो । Cancer Council Nepal सँगको यो सहकार्यले देशभर स्वास्थ्य सचेतना फैलाउन महत्त्वपूर्ण योगदान र्पु याउने विश्वास लिएका छौँ ।”
त्यस्तै, Cancer Council Nepal अध्यक्ष रुद्रलाल कडरियाले भने, “क्यान्सर जस्तो जटिल रोगविरुद्ध लड्न सामूहिक प्रयास आवश्यक छ । Guru Travels Limited जस्तो संस्थासँगको सहकार्यले हाम्रो अभियानलाई अझ व्यापक बनाउन मद्दत पुग्नेछ ।”
यस MOU मार्फत दुवै संस्थाले दीर्घकालीन सहकार्य गर्दै समाजमा स्वास्थ्य सचेतना वृद्धि, क्यान्सर नियन्त्रण तथा समुदाय सशक्तीकरणमा योगदान र्पु याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।





