२७ चैत, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।
कालीमाटीमा आज काउली, बोडीसहितका तरकारीको मूल्य घटेको छ। त्यसैगरि च्याउ, भन्टा, परबल, मुलासहितका तरकारीको भाउ भने बढेको समितिले जनाएको छ। कतिपय तरकारी भने हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको छ।
कालीमाटीमा आज ठूलो भारतीय गोलभेँडा ६५, सानो लोकल गोलभेँडा २६, रातो आलु १८, भारतीय आलु २२, भारतीय सुकेको प्याज ३५, तराईको गाँजर २४, लोकल बन्दा ३२, स्थानीय काउली ४२, लाम्चो भन्टा ५२, डल्ले भन्टा ७०, लोकल मुला २० रुपैयाँ प्रतिकिलो छ।
त्यसैगरि तनेबोडी ८५, करेला ९८, लौका ४५, घिरौँला ५०, लोकल परबल ९५, हरियो डल्ले फर्सी ४५, पाकेको फर्सी ५५, भिन्डी ९०, कन्य च्याउ २५०, डल्ले च्याउ ३७०, कुरिलो ४५०, न्यूरो ७५, ब्रोकाउली ६८, चुकन्दर ५५रुपैयाँ प्रतिकिलो छ।
कालीमाटीमा हिजो ठूलो भारतीय गोलभेँडा ६५, सानो लोकल गोलभेँडा २४, रातो आलु १८, भारतीय आलु २३, भारतीय सुकेको प्याज ३६, तराईको गाँजर २५, लोकल बन्दा ३५, स्थानीय काउली ४७, लाम्चो भन्टा ४५, डल्ले भन्टा ६५, लोकल मुला १५ रुपैयाँ प्रतिकिलो थियो।
त्यसैगरि तनेबोडी ९५, करेला १०५, लौका ४५, घिरौँला ६५, तराईको परबल ८५, हरियो डल्ले फर्सी ४५, पाकेको फर्सी ५५, भिन्डी ८०, कन्य च्याउ २१०, डल्ले च्याउ ३२५, कुरिलो ३७५, न्यूरो ७५, ब्रोकाउली ७०, चुकन्दर ६० रुपैयाँ प्रतिकिलो थियो।




