२७ चैत, काठमाडौं । जर्मनीका लागि नेपालका राजदूत शैल रुपाखेतीले पदबाट राजीनामा दिएका छन्।
उनले गत बुधबार राजीनामा दिएको र उक्त राजीनामा परराष्ट्र मन्त्रालयले स्वीकृत गरेको हो।
सरकारले विभिन्न देशका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेपछि उत्पन्न परिस्थितिबीच रुपाखेतीले राजीनामा दिएका हुन्। सो निर्णयविरुद्धमा अधिवक्ता प्रतिभा उप्रेती र अनन्तराज लुइटेलले रिट हालेका थिए, जसमा अदालतले तत्काल निर्णय कार्यान्वयन नगर्न आदेश दिएको थियो। तथापी शुसीला कार्की सरकारले मन्त्रालयै हाजर हुन निर्देशन दिएकाे थिए ।
त्यसपछि केही राजदूतहरू परराष्ट्र मन्त्रालयमा हाजिर भइरहेका थिए। रुपाखेती पनि मन्त्रालयमा हाजिर हुँदै आएका थिए।
राजीनामा पत्रमा उनले सर्वोच्च अदालतको आदेशलाई सम्मान गर्दै कानुन पालना गर्ने नागरिकका रूपमा नेपाल फर्केर मन्त्रालयमा हाजिर भएको उल्लेख गरेका छन्।
उनले मन्त्रालयमा हाजिर रहेको अवधिमा कुनै तलब वा सुविधा नलिएको पनि स्पष्ट पारेका छन् र अहिलेकाे जनताद्वारा निर्वाचित सरकारले राजदूत बाेलाउन पनि सक्ने नयाँ राजदूत नियुक्त गर्न पनि सक्ने हुनाले यस अबधीकाे तलव भत्ता सरकारले अनरय उत्तम कार्य गराेस भनि मार्ग प्रसस्त गरि स्वेच्छाले राजीनामा दिएकाे बताएका छन् । उनले आफ्नो कार्यकालमा सहयोग पुर्याउने राजदूताबास तथा परराष्ट्र मन्त्रालयका सम्पूर्ण कर्मचारीहरुलाई धन्यबाद दिँदै मन्त्रालयलाई आवश्यक परेको खण्डमा अनुभव र विज्ञता उपल्बध गराउने प्रतिबद्धता ब्यक्त गरेका छन् ।
यससँगै जर्मनीस्थित नेपाली राजदूत पदमा नयाँ नियुक्तिको प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।





