समाचार

१२ सदस्यीय संसदीय सुनुवाइ समिति गठन

२७ चैत, काठमाडौं । प्रतिनिधिसभामा संसदीय सुनुवाइ समिति गठन गरिएको छ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्याल ले संसदीय सुनुवाइ समिति गठनको प्रस्ताव प्रस्तुत गरेका थिए, जसलाई सभाले सर्वसम्मत रूपमा स्वीकृत गरेको हो।

नवगठित समितिमा १२ जना सदस्यहरू रहने भएका छन्। सदस्यहरूमा अर्जुननरसिंह केसी, कविन्द्र बुर्लाकोटी, गजला समिम मिकरानी, चन्दन कुमार सिंह, पद्मा कुमारी अर्याल, बोध नारायण श्रेष्ठ, भिष्मराज आङ्देम्बे, मधु चौलागाईं, रञ्जु दर्शना, राजीव खत्री, डा. लेखजंग कार्की र वर्षमान पुन रहेका छन्।

समिति गठनसँगै संसदीय सुनुवाइ प्रक्रियालाई थप व्यवस्थित र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।