२९ चैत, काठमाडौं । श्रम संकृति पार्टीका अध्यक्ष हर्क सामपाङ्गले प्रधानमन्त्री बालेन शाहलाई भारत भ्रमणअघि राष्ट्रिय मुद्दा प्राथमिकतामा राख्न आग्रह गरेका छन् ।
सामाजिक सञ्जालमार्फत फेसबुकमा एक स्टाटस् लेख्दै साम्पाङले आसन्न भ्रमण उपलब्धिमूलक बनाउन संवेदनशील विषयमा स्पष्ट अडान लिनुपर्ने बताएका हुन्।
साम्पाङले विशेषगरी महाकाली क्षेत्रमा देखिएको सीमा अतिक्रमण रोक्न पहल गर्न र लिपुलेक-लिम्पियाधुरा क्षेत्रमा नेपालका अधिकार सुनिश्चित गर्न भारतसँग स्पष्ट रूपमा कुरा राख्नुपर्ने उल्लेख गरेका छन्। उनले सीमासम्बन्धी विषयमा नेपालले आफ्नो स्वीकृति अनिवार्य बनाउने व्यवस्था मिलाउनुपर्ने धारणा राखेका छन्।






