अन्तर्राष्ट्रिय

मध्यपुर्व तनाव झनै बढ्ने संकेत : होर्मुजमा ‘नाकाबन्दी’ गर्ने अमेरिकाको घोषणा

३० चैत, काठमाडौँ । इरानसँगको वार्ता असफल भएपछि अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दीको घोषणा गरेको छ ।

अमेरिकी केन्द्रीय कमान्डले आज बिहानदेखि इरानी बन्दरगाहहरूको नाकाबन्दी सुरु गर्ने घोषणा गरेको हो । यसले इरानसँगै चीन पनि प्रभावित हुने देखिएको छ ।

सेन्टकमले इरानी बन्दरगाह र तटीय क्षेत्रहरूमा प्रवेश गर्ने वा बाहिर निस्कने सबै देशका जहाजहरू विरुद्ध निष्पक्ष रूपमा नाकाबन्दी लागू गरिने बताएको छ ।

सामाजिक सञ्जालमा अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) ले राष्ट्रपतिको घोषणा अनुसार, इरानी बन्दरगाहहरूमा प्रवेश गर्ने र बाहिर निस्कने सबै समुद्री यातायातलाई रोक लगाउने बताएको हो ।

अरबी खाडी र ओमान लगायत इरानी बन्दरगाह र तटरेखा प्रयोग गर्ने सबै देशका जहाजहरू विरुद्ध नाकाबन्दी निष्पक्ष रूपमा लागू गरिने बताइएको छ ।